काँग्रेस युवा नेता पौडेलको प्रधानमन्त्री ओलीलाई यस्तो चुनौती !

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी ओलीलाई कडा चुनौती दिएका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकबाटै प्रधामन्त्री ओलीलाई आफ्नो विगत र वर्तमानको अवस्था फर्करे हेर्ने चुनौती दिएका हुन् । पौडेलले काँग्रेसलाई गाली गरेर मात्र देशमा समृद्धि नआउने भन्दै उनले प्रधानमन्त्रीलाई काँग्रेसको होईन्, देशको चिन्ता गर्न सुझाव दिएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले पछिल्ला केहि कार्यक्रममा काँग्रेसप्रति कटाक्ष गरेका थिए । त्यसैको जवाफ स्वरुप नेता पौडेलले यसो भनेका हुन् ।

नेता पौडेलले भनेका छन्,‘तपाई आफै फर्केर हेर्नुहोस्, चुनावताका तपाई कहाँ हुनुहुन्थ्यो, अहिले झरेर कहाँ पुग्नुभएको छ ?’

पौडेलको स्टाट्स हेर्नुहोस् : 

More News last news
Loading...