काठमाडौं । ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ ।
ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ ।
गाडीले नै किचेर मारिएका एक स्थानीय नेताका विषयमा चर्चा गर्दै गरेका एक समूहमाथि ट्रकको लाइट पनि नबालिकन आएको एक ट्रक चालकले सर्वसाधारणलाई किचेर भागेका बताइएको छ । स्थानीय नेता र सर्वसाधारणलाई किचेर मार्ने दुबै चालक भागेका र खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस दुर्घटनामा करिब १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेहरुलाई स्थानीय अस्पताल पुयाइएको बताइएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
