काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ।
बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्।
छानबिन समितिका सदस्य शर्मा शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक हुन् भने मैनाली शिक्षा विज्ञान तथा प्रविध मन्त्रालयका उपसचिव हुन्। राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत अधिकारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
