१६ गतेका लागि घोषणा गरेको विप्लव नेकपाको बन्द फिर्ता

काठमाण्डौ । चौतर्फी दबाबपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको चैत १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ।

चैत १६ गते एसईई परीक्षा परेको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा अवरोध नगरिदिन अनुरोध गरेकाले बन्द फिर्ता लिइएको पार्टीका महासचिव विप्लवले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ।

Advertisement

साथै त्यसै दिन कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको चुनाव पनि परेकाले चैत १६ गतेका लागि आह्वान गरिएको आमहडतालका साथै नेपाल बन्दको कार्यक्रम अहिलेका लागि स्थगित गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ।

विप्लव समूहले केही दिनअघि एसईई परीक्षालाई असर नपर्ने गरी शनिबारका दिन नेपाल बन्दको कार्यक्रम राखेको थियो । तर एसईई परीक्षा शनिबार पनि रहेको भने उसले हेक्कै राखेन ।

More News last news
Loading...