अछाममा नेपाल प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो भिडन्त

काठमाडौँ । अछाममा विप्लव नेतृत्वका कार्यकर्ता र नेपाल प्रहरीबीच दोहोरो भिडन्त भएको छ।

अछामको रामारोशन गाउपालिकामा प्रहरी र विप्लवका हतियारधारी कार्यकर्ताबीच दोहोरो फायरिङ्ग भएको हो। विप्लवका कार्यकर्ता पछ्याउदै गएको अपराध अनुसन्धानको टिममाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ। स्थानीयलेपनि गोलाबारीको आवाज आइरहेको पुष्टी गरेका छन्।

Advertisement

विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको प्रहरीले जनाएको छ। तर, स्थानीयका अनुसार विप्लव कार्यकर्तालाई लक्षित गरी प्रहरीले नै ७ राउण्ड हवाई फायर गरेको थियो। प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ।

गिरफ्तार पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन्। प्रहरिको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ‘दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ।

दिउँसो करिब १ बजेतिर विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै प्रहरी झाता पुगेको थियो।

More News last news
Loading...