दक्षिणकालीबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

काठमाडौँ । आज बिहान दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ।

ना ३ ख १४४४ नम्बरको बस बिहान ललितपुरको हात्तीवनमा दुर्घटनामा परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। दुर्घटनामा ३५ घाइते भएका छन्। जसमध्ये ३ को अवस्था गम्भीर छ।

Advertisement

प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ। १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको जानकारी आएको खड्काले बताए।

बस घुम्ती सडकमै पल्टिएको छ। सडकमै पल्टिए पनि सवारी आवागमनमा भने बाधा नपुगेको प्रहरीले जनाएको छ।

More News last news
Loading...