सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ।
ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन्। शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा शनिबार दिउँसो साढे ४ बजे ग्यास सिलिन्डर विस्फोट भएको थियो।
मृतक सबै भोटेकोशी गाउँपालिका-४ का स्थानीय रहेको तर पहिचान नखुलेको कसजुको भनाइ छ। घटनालगत्तै बाह्रबिसेबाट प्रहरी टोली घटनास्थल गइसकेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
