कहिले प्रहरीको स्यालुट त कहिले कार्यकर्ताको सेल्फीमा अटाएका यी नक्कली प्रचण्ड, को हुन् उनी ?

काठमाडौँ । बानेश्वर र सिंहदरबार आसपास एक्लै वा केही साथीहरुसहित तपाईँले नेकपाका अध्यक्ष प्रचण्ड जस्तै मान्छे हिँडेको देख्नुभएको छ ? हाे उनी प्रचण्डजस्तै देखिन्छन्। उनलाई देख्नेहरु प्रचण्ड ठानेर हरेक दिन झुक्किने गरेका छन्।

तत्कालीन माओवादी २०६३ सालमा शान्तिप्रक्रियामा आएदेखि नै उनलाई प्रचण्ड सोचेर मान्छे नझुक्किएको दिन नै छैन। प्रचण्डजस्तै देखिने यी व्यक्तिपनि २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रचण्डसँगै भूमिगत भएका थिए। शान्तिप्रक्रियापछि २ पटक संविधानसभा सदस्य भएका उनी अहिले राष्ट्रियसभा सदस्य छन्।

Advertisement

उनलाई पहिलोपटक देख्नेहरु प्रचण्ड भनेर झुकिन्छन् । एक दिन हैन हरेक दिन । कतिपय त तपाईँ प्रचण्डको आफन्त हो भनेर पनि सोध्छन् । कपाल काट्न गयो, हजामले तपाईँ प्रचण्ड हैन भनेर सोध्छन् । उनले ताजा अनुभव रातोपाटीलाई सुनाए–‘हालैमात्र एकजना पत्रकार दगुर्दै आए । तपाईँ त प्रचण्डजस्तै लाग्यो, बोलिदिनुपर्यो भने । मैले टाइम छैन पछि भेटौला भनेँ ।’

बाटोमा हिँडिरहेको बेला पनि मान्छेहरु उनलाई एकटकले हेर्छन् । धेरैले प्रचण्ड नै हो कि भनेर हेरिरहन्छन् । कसैले सोधिपनि हाल्छन् । ‘म हैन भनेर हाँसेर हिँडिदिन्छु । अस्ति खुमलटारमा कृषि अनुधान परिषद् बाली विज्ञान शाखामा गएको थिएँ । त्यहाँको सशस्त्र प्रहरीले हतार हतार गर्दै गेट खोलिदिए, यसरी धेरै झुक्किन्छन्’ उनले भने।

 

वृष राशिका लागि कस्तो छ आजको दिन ? सफलता पाउन गर्नुहोस् यी काम

आज पार्ट टाइम सकारात्मक काम मिल्ने योग रहेको छ। कार्य क्षेत्रमा खास व्यक्तिसँग भेटघाट हुन सक्नेछ। सोचेको काम पुरा गर्नमा निरन्तर लागिरहनु पर्ला। नजिकको सम्बन्धमा मजबूती आउनेछ। मनको कुरा बन्नका लागि समय राम्रो छ। तपाईको पैसा कतै अड्किन पनि सक्छ। अदालत तथा वादविवादमा फस्न सक्ने योग रहेको छ। आसपास वा सँगै काम गर्ने केही व्यक्तिसँग ठाकठुक पर्न सक्छ।

वृष राशिका व्यक्तिले के गर्ने के नगर्ने ?

नाभिमा परफ्युम लगाउनुहोस्। प्रेमि प्रेमिका वा जीवन साथीसँग कतै घुम्न जान सक्नुहुनेछ। भविष्यको सम्भौता तथा व्यापारमा हात नहाल्नुहोला। विद्यार्थीका लागि आजको दिन राम्रो रहला । सोचेको काम पुरा गर्नका लागि आज अरुको सहयोग पनि मिल्नेछ। खनपानमा ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न।

More News last news
Loading...