मुम्बइ । केही दिनदेखि बलिउड अभिनेत्री श्रद्धा कपूर नेपाली मूलका फोटोग्राफरसँग विवाह बनधनमा बाँधिने खबर भाइरल भइरहेको थियो। नेपाली मूलका फोटोगफर रोहन श्रेष्ठसँग श्रद्धाले बिहे गर्ने चर्चा खेलाउन नपाउँदै अहिले यी दुईको बिहे नहुने खबर आएको छ।

श्रद्धा र रोहन विगत १ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका थिए। रोहन नेपाली फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । राकेश कामको लागि मुम्बइ गएर उतै स्थापित भएका थिए।

अहिले भने श्रद्धा र रोहनबीच ब्रेकअप भएको खबर आएको छ । उनीहरुले आपसी सहमतिमै अलग हुने निर्णय गरेको बताइएको छ । यद्यपि यी दुईले अहिलेसम बिहेको वा ब्रेकअपको कुनै पनि खबरको पुष्टि गरेका छैनन्।

यसअघि आएका रिपोर्टमा रोहन र श्रद्धाले अर्को वर्षसम्ममा बिहे गर्ने भनिएको थियो । अहिले भने यी दुईले एक अर्कालाई समय दिन नसकेका कारण अलग हुने फैसला गरेको बताइएको छ।

अत्याधिक व्यस्त कार्यतालिकाका कारण श्रद्धाले साइना नेहवालको बायोपिकसमेत छोडेकी थिइन् । उता रोहनसँग पनि थुप्रै प्रोजेक्ट भएकोले उनले पनि समय निकाल्न नसकेको बताइएको छ।
नेपालकी बुहारी बन्दै बलिउडकी श्रद्धा कपूर, को हुन् ति भाग्यमानी नेपाली युवा ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
