बठिंडा। एक निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन्। छोरीको यस्तो हालत देखेर आमा निकै चिन्तित थिइन्।
एक दिन आमाले छोरीलाई अस्पताल लिएर गइन्। अस्पतालमा छोरीको रिर्पोट देखेर आमा चकित बनिन्।
यो खबर भारतको पञ्जाब भन्ने स्थानको हो। अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भएकी हुन्। आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन्।
किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३-४ जनाको समूह छ। केही समयअघिदेखि उनीहरुको मित्रता थियो। एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने। साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर सुँघेर हेरिन्।
त्यसपछि विस्तारै त्यसको बानी भयो। उनले विगत १ वर्षदेखि यसको नशा गर्दै आएको बताएकी छिन्। किशोरीका अनुसार गाउँकै केही युवकले लागूपदार्थको सप्लाइ गर्छन्।तर उनले ती केटाहरुलाई चिन्दिनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
