काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन।
अहिले नेता सिटौलाको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा राखेर उपचार भईरहेको उनी निकट नेता तथा पूर्व मन्त्री भिमसेनदास प्रधानले बताएका छन्।
नेता सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको चिकित्सकलाई उदृत गर्दै सिटौलाका सहयोगी किरण सिटौलाले बताएका छन्।
डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन्।
नोट : न्यूजमा प्रयोग भएको कृष्ण सिटौलाको प्रतिनिधिमुलक तस्वीर
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
