न्याय माग्न संयुक्त राष्ट्रसंघ पुगे डा गोविन्द केसी (ज्ञापनपत्रसहित)

काठमाडौं । डा गोविन्द केसी न्याय माग्नका लागि संयुक्त राष्ट्रसंघ र मानवअधिकार आयोग पुगेका छन्।

मानवअधिकार उल्लंघन र ज्यादतीमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै डा गोविन्द केसीले राष्ट्रसंघ र आयोगमा ज्ञापनपत्र बुझाएका हुन्।

Advertisement

विसं २०५२ सालदेखि २०६३ सालसम्म चलेको १० वर्षे हिंसात्मक द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवताविरुद्धका अपराधलगायत अन्य जघन्य वा गम्भीर अपराधका घटना भएको तर ती घटनामा संलग्नहरुले एकपछि अर्को गर्दै उन्मुक्ति पाइरहेको भन्दै डा केसीले न्यायका लागि आह्वान गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

तत्कालीन विद्रोही नेकपा माओवादी र राज्यका निकायसँग सम्बन्धित व्यक्तिको संलग्नतामा १७ हजारभन्दा बढी व्यक्तिको हत्या गरियो। हजारौं व्यक्ति बेपत्ता, अपहरण, यातना, अंगभंग, यौनजन्य हिंसा, विस्थापनलगायतका अपराधको शिकार बनाइएको जिकिर उनले गरेका छन्।

More News last news
Loading...