काठमाडौ । नेपाल प्रहरीकी पूर्व डिआईजी पार्वती थापा राजनीतिमा प्रवेश गरेकी छिन्।
विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा पनि औपचारिक रुपमै संघीय समाजवादी फोरममा प्रवेश गरेकी हुन्। संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरेकी छिन्।
प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनाम जस्तै बनेकी थिइन्। उनलाई कुनै पार्टीमा राजनीतिक आस्था नभएको व्यक्तिका रुपमा हेरिएको थियो। तर, त्यसको चर्चा सेलाउँन नपाउँदै उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत दिएकी हुन्। पार्टीमा थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही खुलाएको छैन।
नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पुर्याउने पहिलो महिला हुन।
केही समयअघि पनि डीआईजी नवराज सिलवाल राजनीतिमा प्रवेश गरेका थिए। उनी अहिले संघीय संसदका सांसद हुन। उनले नेकपाबाट ललितपुर–१ मा उम्मेदवार दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
