एजेन्सी । नेदरल्याण्डको युट्रेख्ट शहरको ट्राममा गोलीबारी गर्ने संदिग्धलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ।
युट्रेख्टका मेयर जान वेन जानेनका अनुसार सोमबार बिहान १० बजेर ४५ मिनेटमा ट्राममा भएको गोलीबारीमा तीनजनाको ज्यान गएको थियो। यो घटनामा पाँचजना घाइते भएका थिए। प्रशासनका अनुसार हमलाकर्ताको उद्देश्य के थियो, त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन्।
नेदरल्याण्डको पुलिसले ३७ वर्षका गोकमेन तानिसलाई हमलाको थुप्रै घण्टापछि पक्राउ गर्न सफल भयो। उनलाई कहाँबाट पक्राउ गरियो भन्नेबारे पनि स्पष्ट जानकारी छैन।
बीबीसी टर्की सेवासँग कुरा गर्दै एक स्थानीय व्यापारीले संदिग्ध हमलाकर्तालाई यसअघि पनि इस्लामिक स्टेटसँग सम्बन्ध भएका कारण पक्राय गरिसकिएको छ। यद्यपी, उनलाई केही समय पछि नै रिहा गरिएको थियो।
पुलिसले यसलाई आतंकवादी घटनाको रुपमा हेरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
