काठमाडौँ । केही समयअघि हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ठाउँमा योगेश भट्टराई मन्त्री बनाउने तयारी भएको छ।
मन्त्रीको निधन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा अधिकारीको पद खाली छ।
अहिले उक्त पदमा नेकपाका प्रभावशाली युवा नेता योगेश भट्टराईलाई राख्ने तयारी भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री बनाउने पक्का जस्तै भएको स्रोतको दाबी छ। स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले योगेशलाई मन्त्रीका लागि तयार हुन समेत आग्रह गरिएको खुलासा भएको छ। आइतबार विराटनगरको एउटा कार्यक्रममा प्रधानमन्त्री ओली र योगेशबीच जम्काघेट भएको थियो। त्यहाँ केही समय भलाकुसारी पनि चलेको थियो । त्यही बेला प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
