भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहरको निधन

नयाँ दिल्ली । गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा आइतवार साँझ निधन भएको छ।

उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका छन्। उनलाई सोमवार बिहान ११ बजे केन्द्रीय क्याबिनेटले श्रद्धाञ्जलि दिने भएको छ।

Advertisement

यसअघि मुख्यमन्त्री कार्यालयले ट्विट गर्दै पर्रिकरको अवस्था धेरै नाजुक भएको जनाएको थियो। चिकित्सकले उनलाई बचाउने हरसम्भव प्रयास गरेका थिए। पर्रिकर प्याङ्क्रियाटिक क्यान्सरसँग जुधिरहेका थिए। उनको अघिल्लो सालदेखि गोवा, मुम्बई, अमेरिका र दिल्लीको एम्समा उपचार भइरहेको थियो।

१३ डिसेम्बर १९५५ मा गोवाको मापुसामा जन्मेका पर्रिकर सन् २०००-२०००२, २०००२-०५, २००१२-२००१४ र १४ मार्च २०१७ देखि २०१९ मार्चसम्म चार पटक मुख्यमन्त्री भइसकेका छन्।

More News last news
Loading...