बिर्सिएर पनि नखोजौं गुगलमा यी कुरा

काठमाडौं । मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा (इन्टरनेट प्याक) को चिन्ता पनि छैन । अहिले इन्टरनेटमा भिडियो हेर्ने र सर्च गर्नेको भिड लागेको छ । राम्रो विचार होस् या खुरापाती, दिमागमा सोच आउछ र स्क्रीनमा औलाहरु दगुर्न सुरु गर्छन् ।

जबदेखि गुगल असिस्टेन्टको सेवा सुरु भयो मानिसहरु लेख्नुका साथै बोलेर पनि सर्च गर्न थालेका छन् । तर यो छिटो दौडमा हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्। एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा ।

Advertisement

बम बनाउने तरीका

चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी काटि, खाली डिब्बा र डोरिको माध्यमबाट बम बनाउन सकिन्छ भनेर देखाइएको थियो । तब धेरै मानिसहरुले ठटै ठटामा बम बनाउने तरीकाबारे सर्च गर्न सुरु गरे । जुन वेबसाइट्, ब्लग वा यूट्यूब च्यानलमा बम बनाउने तरिकाको बिषयमा बताइन्छ त्यहाँ अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरि रहेका हुन्छन् । यस्तोमा तपाईले पटक पटक सर्च गरे अफ्ट्यारोमा पर्नुहुनेछ ।

‘चाइल्ड पोर्न’

पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पोर्नसँग सम्बन्धित जानकारी रख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई गल्तीले चाइल्ड पोर्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस्।

औषधि किन्न

गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि तपाई बिना कुनै डाक्टरको स्विकृत औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरु माथि पनि मुल्यांकन गर्छन् जसले गुगलबाट ओषधि किन्छन् ।

कसैको जानकारी गुगलमा खोज्नु

यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ। जस्तै – लोकेशन, अफिस र घरको बारे मा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर प्रत्क्ष एड्रेस हालेर गुगलमा सर्च गर्नु कम चुनौतीको बिषय हुनेछैन।

More News last news
Loading...