जिम्बाब्वेमा भयानक आँधी, २४ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

जिम्बाब्वे । जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन्।

शुक्रबा मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए।

Advertisement

आँधीका कारण हजारौँ मानिस प्रभावित बनेका छन्। आँधी प्रभावित क्षेत्रमा विद्युत काटिएको छ भने पुलहरू बाढीले बगाएको छ।

पूर्वी चिनामानिमनि जिल्लाका सांसद जोसुवा साक्कोले भने, “अहिलेसम्मको जानकारी अनुसार २४ जनाको मृत्यु भएको र १०० भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन्।”

आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ। कतिपय घरहरू बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ।

आँधीपूर्व गत हप्ता भएको अत्यधिक बर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित बनेका थिए।

More News last news
Loading...