फेसबुक लाइभ गरेर न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन्।

Advertisement

आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ। न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन्।

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन्। उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन्।

More News last news
Loading...