ओली सरकारलाई सांसद पन्थको प्रश्न, ‘मौसम हेरेर पोखरामा गाडी चलाउने हो ?’

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले भौतिक योजना र सार्वजनिक निर्माणमा लापरवाही भएको भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

आज बसेको राष्ट्रिय सभाको वैठकको शून्य समयमा बोल्दै सांसद पन्थले भने,‘लोकतन्त्र प्राप्ति र परिवर्तन पछिका भौतिक योजना र सार्वजनिक निर्माण कमजोर र लापरबाहीपुर्ण देखिए छुट किन ? दण्डहीनता किन ? राज्यका संयन्त्र झन कमजोर किन ? त्रुटि कहाँ छ ? नीतिगत कि व्यक्तिगत ? कसले हेर्ने हो ?’

Advertisement

उनले नेपालकै पर्यटकिय शहर, गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्गको विजयपुर खोलाको मोटरेवल पक्की पुल सुचारु भएको ११ वर्ष नपुग्दै चर्केको र गाडी आवजजावत खोलाबाट गरिएकोप्रति आपत्ती जनाउँदै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद पन्थले पुल निर्माण गर्ने ठेकेदारहरुप्रति छानबीनको माग समेत उनले गरे । लोकतन्त्र स्थापना पछिका निर्माण कार्यहरु किन कमजोर देखिएको समेत बताए ।

उनको भनाइ जस्ताको तस्तै : 

लोकतन्त्र प्राप्ति र परिवर्तन पछिका भौतिक योजना र सार्वजनिक निर्माण कमजोर र लापरबाहीपुर्ण देखिए ! छुट किन? दण्डहीनता किन ? राज्यका संयन्त्र झन कमजोर किन ? त्रुटि कहाँ छ ? नीतिगत कि व्यक्तिगत ? कसले हेर्ने हो ?

नेपालकै पर्यटकिय शहर, गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्गको विजयपुर खोलाको मोटरवेवल पक्की पुल सुचारु भएको ११ वर्ष नपुग्दै चर्कयो, भत्क्यो, काम नदिने भयो, जिर्ण भयो ! वर्षायाम शुरु भैसक्यो गाडीहरु खोलाबाट गुडाइएको छ !

सबैभन्दा धेरै पानी पर्ने ठाउँ पोखरा, सरकारलाई चिन्ता छ कि छैन ? अब पोखरा मौसम हेरेरमात्र गुड्नु पर्ने हो कि ? सर्वसाधारण जनतालाई त सास्ती हुने नै भयो, पर्यटन वर्ष र लक्षय 20/20 लाई समेत यसले असर गर्छ कि गर्दैन ?

मुख्य कुरा हाम्रो भौतिक निर्माण र गुणस्तरीयतामा प्रश्न उठेको छ, कसले बनायो ? कसले चेक गर्यो ? कसले पास गर्य‍ो ? जिम्मेवारी कसले लिने ? केही दशक याताका निर्माण र पुननिर्माणमा देखिएको गुणस्तरक‍ो अर्को उदाहरण हो यो !

लोकतन्त्र स्थापना पछिका निर्माण कार्यहरु किन कमजोर देखिएका हुन ? सुखी र समृद्ध नेपाल निर्माणका गुणस्तर कत‌ै यस्तै त छैनन्, सरकार रहुनजेल चल्ने, सरकारसँगै जाने ।

छानवीन होस, दोषीमाथि कारवाही होस, वर्षात शुरु नहुदै पुलको समस्याको समाधान होस ! समबन्धित मन्त्रालय र सरकारको समयमै ध्यानाकर्षण गराउँदछु । लोकतान्त्रिक गणतन्त्र नेपाल यतिठुलो परिवर्तन तर मुलुकको भौतिक निर्माण चाहिँ झन कमजोर हुनु भएन ।

More News last news
Loading...