विमान दुर्घटनामा अधिकारीसहित राष्ट्रसंघका १९ कर्मचारीको निधन

काठमाडौं । इथियोपियामा आइतवार भएको विमान दुर्घटनामा संयुक्त राष्ट्रसंघका १९ कर्मचारीले जीवन गुमाएका छन् । दुर्घटनामा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत नेपालकी एकता अधिकारीसहित १९ कर्मचारी परेको राष्ट्रसंघले पुष्टि गरेको छ ।

राष्ट्रसंघको केन्यास्थित सुरक्षा विभागले तीमध्ये डब्ल्यूएफपीका सात, शरणार्थी निकाय यूनएचसीआरका दुई, इन्टरनेशनल टेलिकम्युनिकेशन्स युनियन आईटीयूका दुई एवम् नाइरोबीस्थित यूएन कार्यालयका छ कर्मचारी भएको जनाएको छ ।

Advertisement

फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशन एफएओ, इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन आईओएम सुडानका एक, विश्व बैंक, र राष्ट्रसंघको सोमालियास्थित मिशन अन्सोमका एक–एक कर्मचारी पनि सो विमानमा थिए ।

एक सय ४९ यात्री र चालकदलका आठ सदस्यसहित आदिस अबाबाबाट उडेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

More News last news
Loading...