इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक अमेरिकी प्रकाशन गृहले नोबेल पुरस्कार प्राप्त गर्ने सम्भावित उम्मेदवारको रुपमा मनोनित गरेको छ । ‘द क्रिस्चियन साइन्स मनिटर’ले नोबेल शान्ति पुरस्कारका लागि आफ्नो प्रारम्भिक सूचीमा समावेश गरेको छ।
इमरानको कामलाई ‘शातिपूर्ण नेतृत्वमा सम्भवतः सबैभन्दा ठूलो आश्चर्य र संसारको लागि सबैभन्दा महत्वपूर्ण’ उल्लेख गरिएको छ।
प्रधानमन्त्री इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग केही समयअघि उठेको हो जब उनले पक्राउ गरिएका भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई सकुशन भारत फिर्ता पठाउने घोषणा गरेका थिए।
त्यसबेलादेखि सामाजिक संजालमा इमरान खानलाई नोबेल पुरस्कार दिइनुपर्ने अभियान चलिरहेको छ। यद्यपि प्रधानमन्त्री इमरान आफैंल भने आफू नोबेल पुरस्कारको लागि योग्य नभएको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
