पुरुषबारे १० रोचक तथ्य, जुन उनीहरुलाई थाहा नहुनसक्छ

पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन्। भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ तर, के साँच्चै यो कुरा सही हो त ?

पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता धेरै तथ्यहरु छन् जुन उनीहरु आफैंले पनि जान्दैनन्।

Advertisement

आज हामी तपाईंलाई पुरुषहरुसँग जोडिएका १० यस्ता तथ्यहरुको बारेमा बताइरहेका छौं जुन थाहा पाएर तपाईं पनि अचम्मित हुनुहुनेछ।

यी हुन् थाहा पाइराख्नुपर्ने १० रोचक तथ्यहरु

१. पुरुषको औसत आयु महिलाहरुको भन्दा कम हुन्छ । पुरुषको औसत आयु ६४.५२ वर्ष हुन्छ भने महिलाहरुको औसत आयु ६८.७६ वर्ष हुन्छ ।

२. पुरुषको मष्तिस्कको आकार महिलाहरुको भन्दा ठूलो हुन्छ । महिलाहरुको भन्दा पुरुषको मस्तिस्कको आकार १० प्रतिशतले ठूलो हुन्छ तर, यसको प्रयोग पुरुषहरुले कति गर्छन् भन्नेकुरा व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।

३. हालसालै गरिएको एक अध्ययन अनुसार कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्छन् । महिलाहरु एकैसाथ कैयौं काम गर्नमा माहिर हुन्छन् ।

४. सामान्य रुपमा पुरुषहरुलाई घरमा बसेर डि्रंक गर्नभन्दा बाहिर कतै घुमफिरको लागि जान मन पर्छ ।

५. पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।

६. महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।

७. परस्त्रीहरुलाई एक टकले हेर्नमा मात्रै एक पुरुषले आफ्नो जीवनको एक वर्ष बर्बाद गरिदिन्छन् ।

८. पुरुषले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् । एक महिलाले दिनभरमा औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनभरमा औसत ६ झुट बोल्छन् ।

९ ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रेसन र तनावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।

१०. धेरैजसो पुरुषहरु चिकित्सककोमा चेकअप गर्न जानबाट डराउँछन किनभने चिकित्सककोमा जानाले उनीहरुलाई ठूलो रोग लाग्छ कि भन्ने चिन्ता हुन्छ ।

More News last news
Loading...