पोखरा । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ७ दिन मात्रै काजकिरिया गरिने भएको छ। बुधबार ताप्लेजुङमा निधन भएका अधिकारीको काठमाडौँमा श्रद्धाञ्जलीपछि अहिले पोखरामा अन्त्ष्टिको कार्यक्रम हुँदैछ।
मन्त्री अधिकारीको परिवारले उनको काजकरिया ७ दिन मात्रै गर्ने जानकारी दिएको हो। १३ दिनको कर्मकाण्ड लामो हुने भन्दै मन्त्री अधिकारीले शंकर पोखरेलको नेतृत्वमा कर्मकाण्ड सुधार गर्नका लागि समिति समेत गठन गरेका थिए।
मन्त्री अधिकारीकै ईच्छाअनुसार नै परिवारले सल्लाह गरे ७ दिन काजकिरिया गर्ने निर्णय गरेको पारिवारिक छलफलमा सहभागी प्रा. रमेश श्रेष्ठले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
