यो हो साढे १४ अर्बको हिरा, कोहिनूरभन्दा ठूलो

बीबीसी । विश्वको सबैभन्दा महंगो हिरा कोहिनूरलाई भनिन्छ। तर भारतको नयाँदिल्ली स्थित राष्ट्रिय संग्राहलयमा कोहिनूर भन्दा पनि ठूलोे हिरा प्रदर्शनीमा राखिएको छ।

हैदरावादका सम्राटले प्रयोग गरेका आभुषणहरुको प्रदर्शनी अहिले दिल्लीस्थित राष्ट्रिय संग्राहलयमा चलिरहेको छ। र, ती वस्तुहरुमध्ये ज्याकब डायमण्ड पनि एक हो।

Advertisement

ज्याकब डायमण्ड विश्वको सातौँ ठूलो हिरा हो। यसको अहिलेको मूल्य ९ अर्ब भारु अर्थात् झण्डै साढे १४ अर्ब रुपैयाँ पर्दछ।

यो हिराको स्वामित्व अहिले भारत सरकारसँग रहेको छ। तर भारत सरकारले यो हिराको स्वामित्व कसरी हात पार्यो ? भन्ने कुराको कहानी रोचक छ।

हैदरावादका छैटौँ निजाम अर्थात् सम्राट महबूब अली खाँ पासाले उक्त हिरा ज्याकब नामको व्यापारीसँग खरीद गरेका थिए। त्यहीँ कारण सो हिराको नाम नै ज्याकब डायमण्ड रहन गयो।

साथै उक्त हिरालाई इम्पेरियल, ग्रेट वाइट तथा भिक्टोरियाको नामले पनि चिनिन्छ।

त्यो हिरा दक्षिण अफ्रिकाको किम्बर्ली खान हिराखानीबाट निकालिएको हो । सुरुमा यो हिरा ४५७.५ क्यारेटको थियो र त्यस समय विश्वकै सबैभन्दा ठूलो हिराको रुपमा थियो ।

तर पछि यो हिराको चोरी भयो। सुरुमा लण्डन र पछि नेदरल्याण्डको कम्पनीमा यो बिक्री भयो । त्यसको एउटा टुक्रा नेदरल्याण्डकी महारानीलाई पनि दिइयो । अन्ततः मूल हिरा १८४.५ क्यारेटको हुन गयो।

सन् १८९० को कुरा हो । हिरा व्यापारी मेल्कम ज्याकबले हैदरावादका छैटौँ शासक महबूब अली खान पासालाई सो हिराको एउटा नमूना देखाए । उनले त्यो हिराको मूल्य १ करोड २० लाख भारु पर्ने बताए । तर राजा केवल ४६ लाख भारु मात्र दिन राजी भए। र, अन्ततः ४६ लाख भारुमा सहमति बन्यो।

आधा रकम पाएपछि ज्याकबले बेलायतबाट त्यो हिरा हैदरावाद मगाए। तर निजामतले गरिसकेको त्यो हिरा नकिन्ने बताए। उल्टै आफुले बैना दिएको पैसा फिर्ता माग्न थाले।

वास्तवमा राजा पछाडि हट्नुको एउटा कारण थियो । भारतस्थित अंग्रेज दूतले आफ्नो ऋण चुक्ता नगरीकन हिरा खरीद नगर्न राजालाई चेतावनी दिएका थिए ।

राजाले बैना गरिसकेर हिरा नकिनेपछि ती हिरा व्यापारीले बैना रकम फिर्ता गर्न अस्विकार गरे । उनले बैना रकम फिर्ता गर्नु नपर्ने भन्दै कोलकाता अदालतमा मुद्दा हाले । तर सन् १८९२ मा राजाले नै उक्त हिरा प्राप्त गरे।

More News last news
Loading...