काठमाडौं । एशिया कप २०१८ मा भारत र पाकिस्तानबीचको खेलमा दर्शक दीर्घामा देखिएर भाइरल भएकी पाकिस्तानी सुन्दरी पुनः चर्चामा छिन्।
त्यतिबेला निकै भाइरल भएकी यी युवती अहिले पुनः चर्चामा आउनुको कारण हो हिजो बेलुका भएको खेल।
हिजोको खेल लाहोर कलन्दर्स र मुल्तान सुल्तानबीच भएको थियो । नेपाली खेलाडी सन्दिप लामिछाने पनि यो खेल खेल्दै थिए । यो खेलमा पनि ती सुन्दरी दर्शक दीर्घामा देखिइन् । यी सुन्दरी एशियाकपकै बेला भाइरल भएकी हुन्।
उनको सुन्दरताको त्यतिबेला निकै चर्चा चलेको थियो । सामाजिक संजालमा उनको सुन्दरताको निकै चर्चा चलेको थियो।
सामाजिक संजालमा उनको बारेमा विभिन्न पोस्टहरु गर्नेमा अधिकांश भारतीय फ्यानहरु थिए । यी युवतीको नाम निव्या नवोरा भएको दावी गरिएको छ । यद्यपि सामाजिक संजालमा उनको बारेमा यसबाहेक थप जानकारी प्राप्त हुन सकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
