पाकिस्तानबाट ७७ जना पक्राउ

इस्लामावाद । पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्नेक्रममा ७७ जनालाई पक्राउ गरिएको हो।

Advertisement

मुलुकको राजधानी शहर पेशावर र पाकिस्तानको खिबर पख्तुनवा प्रान्तका विश्वविद्यालय र सरकारी क्याम्पस वरपर विद्यार्थीहरुलाई लागुऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ।

प्रहरीले नौ जनालाई अबासिन विश्वविद्यालय र पेशावरको सरकारी कलेज नजिकबाट गिरफ्तार गरेको छ।

More News last news
Loading...