जब किम र ट्रम्प भियतनामको सडकमा पक्राउ परे

बीबीसी । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेर सोधपुछका लागि लगेको छ।

किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले हपारेको छ। ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए। सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको छ।

Advertisement

समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताए।

किम जोङ उनको नक्कल गर्ने हावर्ड एक्स खासमा हंगकंगका बासिन्दा हुन्। उनले एएफपीलाई भने, उनीहरूले नक्कल गर्न बन्द गर्न अन्यथा देशबाट बाहिर निकालिदिने भनेका छन्।

हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा एउटा नक्कली शिखरसम्मेलनको आयोजना गरेका थिए। उनीहरूले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए।

अर्को साता साँच्चिकै शिखरवार्ता
अबको एक सातामा हनोइमा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको दोस्रो शिखरवार्ता हुन लागेको छ।

सिङ्गापुरमा भएको पहिलो शिखरवार्ताको निरन्तरका रूपमा किम र ट्रम्प भियतनामा भेट्दैछन्।

उत्तर कोरियाको सरकारी समाचार संस्थाले आफ्ना नेता किम जोङले आउँदो बुधवार र बिहीवार हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको एक शिखरवार्ताको लागि देश छाडेको पुष्टि गरेको छ।

More News last news
Loading...