केकी र आर्जनको मिल्यो केमेस्ट्रि (भिडियो सहित)

काठमाडौँ । अभिनेत्री केकी अधिकारी व्यत्तिगत सम्बन्धका बारेमा चनाखो छिन्। उनी हत्तपत्त आफ्नो नाम कुनै पनि पुरुषसंग जोडिएको मन पराउदिनन्।

यसपटक भने अचम्म भएको छ। आफ्नो नाम गायक आर्जन पाण्डेसंग जोडिदा समेत उनी मौन छिन्। सञ्चारमाध्यममा उनीहरुको रोमान्सका खबरहरु सार्वजनिक भैसक्दा समेत केकीले न त ती खबरहरुलाई खण्डन गरेकी छिन्, न त स्विकृती नै जनाएकी छिन्।

Advertisement

आर्जन र केकीको नाम जोडिएको करिव एक वर्ष भयो । गायक आर्जन पाण्डेले अघिल्लो वर्ष गायिका इन्दिरा जोशीसंग यूगल गायन गरेको गीत ‘रेलिमाइ…’ को भिडियोको प्रचारप्रसारमा केकी आफैं खटिएकी थिइन्।

आफ्ना सोसल साइटमार्फत केकीले ती भिडियोहरु शेयर गर्दै शुभकामना दिएकी थिइन्।

अहिले आएर गायक पाण्डेले रेलिमाइ… कै सिक्वेलको रुपमा ‘झिमिक्क परेली…’ शीर्षकको गीत गाएका छन्। गायिका मेलिना राईसंग यूगल गायन गरिएको उक्त गीतको म्युजिक भिडियोले कम समयमै दर्शक तथा स्रेँताको मन जितेको छ।

चलचित्र कोहलपुर एक्सप्रेस निर्देश्नँ गरिसकेका विशाल भण्डारीले आर्जनको नया“ गीतको भिडियो निर्देश्नँ गरेका छन्, जसमा उनले आर्जन र केकीलाई नै जोडी बनाएका छन्।

फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ। अर्जुन तिवारी र उनको समुहले छायांकन गरेको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।

More News last news
Loading...