अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतले १४ फेब्रुअरीमा विवाह गरेका छन्। प्रेम दिवसको अवसर पारेर उनीहरुले हिन्दू परम्परा अनुसार उनीहरुले बिहीबार विवाह गरेका थिए।
विवाहपछि उनीहरुले काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य पार्टीको आयोजना गरेका थिए। उनीहरुले आयोजना गरेको पार्टीमा करिब ५ सय मानिसहरुको उपस्थिती थियो।
बिवाहको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको छ। उनीहरुको गोप्य भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा बेहुला बेहुली खुलेर नाचेका छन्।
दुलहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन् भने दुलहीको पहिरनमा बर्षा निकै राम्री देखिएकी छिन्। ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उक्त फोटोहरु सार्वजनिक गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
