तान्जानिया : पानीजहाजमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लागेको हो।

आगो लागेपछि जहाजमा सवार मानिसहरु समुद्रमा हाम फालेका थिए। रुसी उद्धारकर्ताहरुको टोलीले १४ जनालाई उद्धार गरिसकेका छन्। उद्धारको काम जारी छ। उद्धारकर्ताहरुको टोली आगो लागेको पानी जहाजसम्म पुग्ने कोशिसमा छन्।

Advertisement

एक जहाजमा ग्यास ट्यांकर थियो। त्यसमा आगो लागेपछि विष्फोट भयो र अर्को पानी जहाजमा पनि आगो सल्कियो। एउटा जहाजबाट अर्को जहाजमा इन्धन खन्याइरहेको बेला आगो लागेको बीबीसीले लेखेको छ।

त्यसपछि जहाजमा सवार व्यक्तिहरु हामफालेका थिए। उनीहरु अधिकांश डुबेका थिए। प्रत्यक्षदर्शीले उनीहरु पानीमा उत्रिन संघर्ष गरिरहेको देखेको बताएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार दुई जना क्याप्टेनमध्ये एक जनाको अवस्था अज्ञात छ।

जहाजमा क्रु मेम्बरसहित टर्की र भारतका १७ जना थिए। त्यसमध्ये केही कलाकार पनि थिए।

More News last news
Loading...