काठमाडौं । श्रीमतीसँग डिभोर्स गरेलगत्तै सञ्चारकर्मी रवि लामिछानेले अर्को विवाह गरेका छन्।
उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका हुन्। रवि र निकिता केही महिनादेखि प्रेममा थिए। यद्यपि, सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार गरेका थिएनन्।
निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी थिइन्। निकिता पनि डिभोर्सी हुन्।
सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
