विश्वकै जेष्ठ नागरिक मसाजोको निधन

टोकियो । विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ।

जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन्।

Advertisement

राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो ।

गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा जेठो व्यक्ति हुनुभएको थियो ।

“यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उहाँकी नातिनी युकोले भन्नुभयो ।

नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी हुनुहुन्थ्यो । उहाँले १९३१ मा विवाह गर्नुभएको थियो भने पाँच जना सन्तान थिए ।

More News last news
Loading...