राष्ट्रकवि पूर्ण रुपमा स्वस्थ, शनिबार स्वदेश ल्याइँदै

काठमाडौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि पूर्ण स्वस्थ रुपमा शनिबार स्वदेश ल्याइँदैछ।

नयाँदिल्लीमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो। ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ’, उहाँले भन्नुभयो, ‘त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो।’

Advertisement

उहाँका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कनुहुनेछ। राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यही जेठ ९ गते नयाँदिल्लीको मेदान्ता अस्पताल लगिएको थियो। उहाँको स्वास्थ्यमा सुधार आएपछि गएको सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो।

नयाँदिल्ली जानुअघि उहाँको वैशाख २८ गते धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्ता अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उहाँको उपचारमा संलग्न थियो।

घिमिरेका साथमा उहाँका छोरा इन्दिवर पनि जानुभएको थियो । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो। सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ।

More News last news
Loading...