उत्तर कोरीयाली उच्च अधिकारी २० वर्षपछि पुगे अमेरिका

एजेन्सी । अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् । उत्तर कोरियाका उच्च पदस्थ कूटनीतिज्ञ जनरल किम योङ चोल अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफलमा रहेको बीबीसीले जनाएको छ।

चोल झण्डै २० वर्षमा अमेरिकाको भ्रमण गर्ने उत्तर कोरीयाको पहिलो उच्च अधिकारी हुनुहुन्छ । भ्रमणलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको वार्ताको तयारीका रुपमा लिइएको छ । अमेरिका पुगेका यी उच्च अधिकारीलाई उत्तर कोरियाली नेता किमको दायाँ हातका रुपमा चिनिन्छ ।

Advertisement

ट्रम्प र किमबीच जुन १२ तारिखमा नै वार्ता हुने सम्भावना बढ्दै गएको विश्लेषण भइरहेका बेला उत्तर कोरीयाली उच्च अधिकारीले अमेरिका भ्रमण गरेका हुन् ।

More News last news
Loading...