संजय दत्तको बायोपिक ’संजू’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४ सेकेण्डको ट्रेलरमा रणवीर कपुरले अभियन गर्दै संजय दत्तको पुरै जीवन बताइरहेका छन् । ट्रेलरमा उनको अलग अलग अवतार देख्न सकिन्छ । ट्रेलमा चलचित्रमा अभिनय गरेका नायिकाहरुको भुमिकालाइ पनि देखाइएको छ ।
ट्रेलमा अभिनेत्री सोनम कपुरले रणवीरलाई सोधेकी छिन्, मेरो मंगलसुत्र कहाँ छ ?तर ड्रग्समा मस्त डुबेका रणवीर जवाफ फर्काउन सकेका छैनन् । ट्रेलरमा बताए अनुसार रणवीरका ३ सय ५० जना केटीसँग चक्कर छ । ट्रेलरमा रणबीरसँग अनुष्का शर्मा कति गर्लफ्रेण्ड छन् ? भनी सोधेकी छिन् । उनले सबै जाडेर ३ सय ५० जना रहेको जवाफ दिएका छन् ।
चलचित्रमा संजय दत्तको श्रीमती मान्यता दत्तको भुमिकामा मिर्जा निभा देखा परेकी छिन् ।उनकी आमा नरगिसको भुमिकामा भने नायिका मनिषा कोइराला देखा पर्नेछिन् । टीना मुनीमको भुमिकामा सोनम कपूर भइन भने माधुरी दीक्षितको रोलमा करिश्मा तन्ना देखा पर्नेछिन् ।
यसका अलावा चलचित्रमा अनुष्का शर्मा, परेश रावल, जिम सर्भ, विकी कौशल, तब्बू और बोमन ईरानीको भुमिका रहेको छ । चलचित्र २९ जुनमा प्रर्दशनमा आउने बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
