एजेन्सी । बलिउडको हट अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय सिंगल थिइन्, तर अब उनको जीवनमा कोही खास व्यक्ति आएको छ। अहिले फिल्म गलियारोमा प्रियंकाको लभको चर्चा भइरहेको छ । यो चर्चा बलिउडमा मात्रै होइन हलिउडमा समेत भएको छ।
अहिले प्रियंका अमेरिकन गायक निक जोनाससँग डेट गरिरहेकी छन् । गायक निक प्रियंका भन्दा १० वर्ष कान्छो रहेका छन् । दुवै जनाको निकै सुन्दर फोटो सार्वजनिक भएको छ । जसमा प्रियंका र निकसँगै देखिएका छन्।
तर, हालसम्म उनीहरुले आफूहरुको सम्बन्धको बारेमा केही खुलाएका छैनन् । तर, उनीहरु एकअर्कासँग डेट गरिरेहका दाबी गरिएको छ। प्रियंका चाँडै नै ३६ वर्ष पुग्दैछिन् भने निक आउँदो सेप्टेम्बरमा २६औँ जन्मदिन मनाउने तयारीमा छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
