आखिर कत्ति कमायो त मन बिनाको धनले ? टंक बुढाथोकीलाई यस्तो टेन्सन, के गर्दैछन् अशोक ?

पछिल्लो समय नेपाली गीत संगीतको बजार र कमाई विशेष गरी युटुबमा केन्द्रित भईरहँदा त्यही युटुबबाटै राम्रो कमाई गर्न सकिन्छ भन्ने गतिलो उदारण हो, मन बिनाको धन ठूलोको धन बिनाको मन । टंक बुढाथोकी र अशोक दर्जीले गाएको सो गीत यो रिपोर्ट तयार पार्दै गर्दा सम्म ५१ लाख भन्दा बढी पटक हेरिसकेका छन् । नेपालमा मात्र नभएर कतारमा समेत ट्रन्डिङमा रहेको यो गीत यो वर्षाकै उत्कृष्ट गीत हो भन्दा फरक नपर्ला ।

यो गीत किन, कसरी हिट भो भनिरहनु शायद नपर्ला तर यो गीतको यत्ति धेरै चर्चा चलिरहँदा धेरैको चासो भनेकै यो गीतले कत्ति कमाई गरे होलान्, सो कमाई कहाँ लगानी गर्लान् भन्ने भएको छ । यहाँ सम्म की टंका बुढाथोकीले अशोकको घर बनाइदिएन भने टंकलाई यो गर्नु पर्छ, त्यो गर्नु पर्छ, भन्ने जस्ता निकै निच शब्द प्रहार गर्नेहरुको भीड पनि बढिरहेको समाजिक संजालका कमेन्टहरुमा देख्न सकिन्छ ।

Advertisement

त्यसो त यो गीतको चर्चा सँगै टंकको लोकप्रियता जत्ति बढेको छ उत्ति नै उनको व्यस्तता र टेन्सनको ग्राफ पनि बढेको छ । आखिर कत्ति कमाए त मन बिनाको धनले ? टंक बुढाथोकीलाई यस्तो टेन्सन हुदा, के गर्दैछन् अशोक दर्जी ? हेर्नुहोस यो रिपोर्ट

More News last news
Loading...