अर्फिकामा किशोरीलाई बलात्कारबाट जोगाउने यस्तोसम्म गरिन्छ

एजेन्सी । अर्फिकाका केही समुदायले किशोरीलाई बलात्कार हुनबाट रोक्नका लागि यस्तो प्रथा अपनाएका छन की जुन सुन्दैमा आम जनताको मन पोल्छ।

कतिपय प्रथाहरु निकै अन्धविश्वासी तथा दर्दनाक पनि रहेका छन् तर, सदियौँदेखि यस्ता दर्दनाक प्रथाको पालना पनि हुने गरेको छ ।

Advertisement

एउटा यस्तै अनौठो प्रथा अफ्रिकामा छ, जसको बारेमा सुन्दैमा जिउ काँप्छ । दक्षिण अफ्रिका, क्यामरुन र नाइजेरियामा यो प्रथा रहेको छ ।

साथै बेलायतमा बस्ने अफ्रिकी समुदायका कतिपय किशोरी तथा युवतीहरुलाई पनि यो प्रथामा बाध्य गराइने गरिएको बताइन्छ ।

यो अनौठो तथा दर्दनाक प्रथाको नाम ब्रेस्ट आइरनिङ अर्थात् वक्षस्थलको इस्त्री हो । नामैले बताएजस्तै यो प्रथामा यो प्रथामा चेलीहरुको छातीमा आइरन लगाइन्छ ।

यस प्रथा अन्तर्गत किशोरावस्थामा प्रवेश गरेका छोरीचेलीका वक्षस्थलमा तताइएको काठ, हथौडा वा डुंगाले डामिन्छ ।

किशोरावस्थाको सुरुवातमै चेलीहरुले यो दर्दनाक प्रथा भोग्नुपर्दछ । किशोरीहरुको वक्षस्थल डाम्नुको खास कारण चाहिँ किशोरीहरुका वक्षस्थल ठूला नहोउन् भनेर हो ।

किशोरीहरुका वक्षस्थल ठूला भएमा केटाहरुको कुदृष्टि पर्ने र बलात्कार तथा यौनहिंसामा पर्ने हुनाले बलात्कारबाट किशोरीहरुलाई जोगाउन यस्तो प्रथाको सुरुवात भएको बताइन्छ ।

More News last news
Loading...