मुम्बइ / एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री बानी कपुर अब चलचित्र ‘शम्शेरा’ एक साथ देखिने भएका छन्।
भर्खरै मात्र यसराज फिल्मसले टिजर सार्वजनिक गर्दै घोषणा गरेको एक्सन चलचित्र ‘शम्शेरा’मा अभिनेता रणवीर कपुरसँग अभिनेत्री बानी कपुरले रोमान्स गर्ने भएकी छिन्। बाणीले सन् २०१३ मा यसराज निर्मित ‘शुद्ध देशी रोमान्स’बाट हिट डेब्यू गरेकी हुन् ।
चलचित्रमा बानी ठाउँठाउँ डुलेर कार्यक्रम देखाउँदै हिँड्ने चरित्रमा देखिनेछिन् उनको भूमिका महत्वपूर्ण हुने निर्देशक करन मलहोत्राले बताए । यस चलचित्रका निर्माता आदित्या चोप्डा हुन्।
यस अघि रणवीर सिंहसँग चलचित्र ‘बेफिक्रेमा’ रोमान्स गरेकी बानीको भूमिकालाई दर्शकले निकै रुचाएका थिए।
निर्देशक करनले चलचित्र ‘शम्शेरा’ मसालेदार हुने भन्दै यसअघि दर्शकहरूले चलचित्रमा अभिनय गर्ने कलाकारहरूलाई कहिल्यै नदेखिएको स्वरुपमा देख्न पाउने बताए । चलचित्रमा रणवीर कपुर र बानी कपुरको अलवा अभिनेता संजय दत्त पनि प्रमुख भूमिकामा हुनेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
