६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरेर जसले २४ लाख बच्चाबच्चीको ज्यान बचाए

एजेन्सी । धेरैले रिटार्यड हुने बेलामा सुनको घडी प्राप्त गर्छन् तर जेम्स ह्यारिसन त्योभन्दा पनि ठूलो उपहारका हकदार छन्।

‘म्यान विथ द गोल्डेन आर्म’ का नामले परिचित ह्यारिसनले ६० वर्षदेखि लगातार प्रत्येक हप्ता रक्तदान गर्दै आएका छन् । तीनै ८१ वर्षीय ह्यारिसन शुक्रबार रक्तदानबाट ‘रिटायर्डमेन्ट’ लिएका छन्।

Advertisement

अष्ट्रेलियन रेडक्रस ब्लड सर्भिसका अनुसार ह्यारिसनल् २४ लाख अष्ट्रेलियन बालबालिकाको ज्यान बचाउन महत्वपूर्ण योगदान गरेका छन् ।

ह्यारिसनको रगत विशेष प्रकारको भएको बताइन्छ । उनको रगत ‘एन्टी–डी’ नामक इन्जेक्सन बनाउन प्रयोग गरिँदै आइएको छ । जुन बालबालिकामा लाग्ने ‘रिसस’ रोगका विरुद्ध प्रयोग गरिन्छ । यस्तो रोग गर्भवती आमाको रगतले पेटमै भएका बच्चाको रक्तकोषमा आक्रमण गर्दछ । यसबाट बालकको दिमागी अवस्था बिग्रने तथा ज्यानै जनेसम्मको खतरा रहन्छ।

ह्यारिसनले के गरे ?
१४ वर्षको हुँदा उनको छातीको अपरेसन गर्नु पर्ने भयो । उनलाई कसैले रक्तदान गरेरै बचाएको थियो । त्यसैले उनले रक्तदाता बन्ने अठोट लिए  केही वर्षपछि डाक्टरहरुले उनको रगतमा ‘एन्टीबडी’ तत्व भएको थाहा पाए। जसबाट एन्टी–डी इन्जेक्सन बनाउन सकिन्छ । त्यसैले उनले धेरैभन्दा धेरै पटक रक्तदान गरेर धेरैको ज्यान बचाउने प्रण गरे ।

डाक्टरहरुले ह्यारिसनको रगत किन दुर्लभ प्रकारको भएको भन्ने त थाहा पाएनन् तर उनीहरुले उनको अपरेसनका बेलामा उनको रगतमा ‘फ्युजन’ भएको हुनसक्ने अनुमान लगाए । अष्ट्रेलियामा उनको जस्तो रगत भएका व्यक्ति ५० जनाभन्दा कम रहेको बताइन्छ ।

‘सबैको रगत एकदमै अमूल्य हुन्छ तर जेम्सको रग असाधारण छ । उनको रगत लाइफे सेभिङ मेडिकेसनका लागि प्रयोग गरिन्छ’, अष्ट्रेलियन रेडक्रसका अधिकारीहरुले बताए ।

रक्तदान गरेरै २४ लाख बालबालिको ज्यान बचाएका ह्यारिसन अष्ट्रेलियामा ‘नेसनल हिरो’ का रुपमा चिनिन्छन् । उनलाई थुप्रै अवार्डले सम्मानित गरिएको छ र उनी अष्ट्रेलियाको प्रतिष्ठित अवार्ड मेडल अफ् द अर्डरबाट समेत सम्मानित भएका छन् ।

ह्यारिसनले भने कुनै ठूलो कुरा नगरेको बताउँदै आफूले जानको कुरा मात्रै गरेको बताएका छन् । ‘मलाई निकै नै अप्ठ्यारो लाग्छ जब कसैले तिमीले यस्तो गर्यौ, उस्तो गर्यौ भन्छन् । तर मैले आफूले गर्न सकेको मात्रै गरेको हूँ । सायद मेरो प्रतिभा भनेकै रक्तदाता बन्न सक्नु होला’, ह्यारिसनले सीएनएनसँगको कुराकानीमा भनेका छन्।

ह्यारिसनले अन्तिम पटक रक्तदान गरेका छन् । अष्ट्रेलियामा ८१ वर्ष पूरा गरेपछि रक्तदान गर्न नपाइने नियम रहेको छ। लगातार ६० वर्षसम्म रक्तदान गरेर लाखौँलाई जीवनदान दिएका ह्यारिसनको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ।

More News last news
Loading...