हवाई । अमेरिकाको हवाई प्रान्तमा शुक्रबार ६ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पका कारण केहि घरहरुमा क्षति पुगेको बताइएको छ।
शुक्रबार दिउँसो १२ः३३ मा हवाईको बिगल्यान्डस्थित किलाउइया केन्द्रबिन्दु रहेको भूकम्प गएको हो । सो भुकम्प ४३ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ।
ज्वालामुखी सक्रिय क्षेत्र मानिने किलाउइयालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकोले सो क्षेत्रमा ज्वालामुखी फुटेर लाभा निस्किएको बताइएको छ । बस्ती, सडक तथा जंगललगायतका क्षेत्रमा पनि जमिन चिरिएर लाभा तथा सल्फरडाइअक्साइड ग्यास बाहिर निस्किएको छ ।
ज्वालामुखीका कारण २ वटा घर क्षतिग्रस्त भएको स्थानीय प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
