काठमाडौँ । चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्न प्रस्ताव पेस गरेको छ।
चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गर्ने प्रस्ताव गरेको जानकारी महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले दिए।
‘चक्रपथको २७.२ किलोमिटर सडकमा दुई वर्षभित्र मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत पदाधिकारीले छलफल गरिरहनुभएको छ,’ उनले भने।
चिनियाँ कम्पनीले पहिलो चरणमा प्रस्तावमा मोनोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने प्रस्तावमा गरेको छ।
अध्ययन सकिएपछि कम्पनीले निर्माण थाल्ने प्रस्तावसमेत गरेको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठवटा पुल बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ। – कान्तिपुर दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
