काठमाडौँ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी काठमाडौँ क्षेत्र नम्बर ६ मा रविन थापा चयन भएका छन्।
गत मंगलबार बसेको पार्टीको क्षेत्रीय भेलाले राष्ट्रवादी विद्यार्थी संघका केन्द्रीय कमिटिका प्रवत्ता समेत रहेका थापालाई क्षेत्र नम्बर ६ को अध्यक्षमा चयन गरेको हो।
थापा यस अघिको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट पार्टीको उम्मेदवार रहेका थिए। थापा यस निर्वाचनकै सबैभन्दा कान्छो उम्मेदवार समेत हुन्।
लामो समयदेखि राप्रपाको विद्यार्थी संगठनमा सक्रिय रहेका थापा हाल प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा राष्ट्रवादीको विद्यार्थी संगठनको जुझारु विद्यार्थी नेता हुन्।
‘बिग्रे आफु बिग्रन्छु, सप्रे सारा देश सपार्छु, आमा म राजनीति गर्छु’
बामपन्थी गठबन्धनले देशमा लुटतन्त्र मच्चाउँछ : केशवराज श्रेष्ठ
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
