सिन्धुपाल्चोकमा जिप दुर्घटना, ३ जनाको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोडमा आज जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ।

बा १८ प ४६९९ नम्बरको बोलेरो जिप मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गर्दा सडकबाट चिप्लिएर करिब ३५० मिटर तल भिरमा खसेको थियो।

Advertisement

दुर्घटनामा चालक अन्दाजी ३५ वर्षीय ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षी कमल स्यङ्बोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...