नयाँ आईजीपीको दौड तीव्र

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ।

सरकारले दुवै संगठनको आईजीपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा आईजीपीका दाबेदारहरूले संगठनमा निभाएको भूमिकालाई मूल्याङ्कनको आधार बनाएको छ।

Advertisement

सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ।

खनालको ब्याचबाट उहाँ एक्लै एआईजी बन्नुभएको थियो भने उहाँका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा हुनुभएको थियो। कार्य सम्पादन मूल्याङ्कन र संगठन हाँक्न सक्ने क्षमता र वरिष्ठताको आधारमा खनाल एक नम्बरमा रहनुभएको छ। नेपाल प्रहरीमा यसअघि वरीयता मिचिए पनि सशस्त्र प्रहरी बलमा भने अहिलेसम्म वरिष्ठतालाई बेवास्ता गरिएको छैन।

More News last news
Loading...