नन्द बहादुर ऐडी
तारकेश्वर । रमाइलो पाठशालाले दोस्रो वार्षिक उत्सव मनाएको छ। तारकेश्वर–८, जरंखु स्थित रहेको सो पाठशालाले आज एक वृहत कार्यक्रम सहित आफनो दोस्रो वार्षिक उत्सव मनाएको हो।
उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधीसभाका सांसद भीमसेनदास प्रधानको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा काठमााडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) का सांसद योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, तारकेश्वर-१० का वडा अध्यक्ष अमृत बोहोरा, तारकेश्वर श्रोत व्यक्ति रामेश्वर पौडेल, शिक्षा विद प्रा.डा मोजराज बगाले, तारकेश्वर–८ का वडा सहस्यहरु, मोहन खत्री, नारायण श्रेष्ठ, भद्रशीला रसाईली, विष्णुमती सभ्यताका सदस्य ईन्द्रमान मर्हजन, स्थानीय समाजसेवी श्यामकृष्ण सापकोटा लगायतका व्यक्तिहरु अतिथिका रुपमा सहभागी भएका थिए।

कार्यक्रममा कक्षा ३ काविद्याथीहरुले वागत छ रमाईलो पाठशालामा भन्ने बोलको स्वागत गीत प्रस्तुत भएको थियो। कक्षा युकेजीका विद्याथीहरुलाई प्रमुख अतिथि भीमसेनदास प्रधानले प्रमाण-पत्र हस्तान्तरण गरेका हुन्।
कार्यक्रममका प्रमुख अतिथि एवं सांसद भीमसेनदास प्रधानले विद्यालयले विद्यार्थीहरुलाई नैतिक शिक्षामा जोड दिनुपर्ने बताए । यस्तै गरि कार्यक्रमका विशेष अतिथि एवं प्रदेश सभाका सांसद योगेन्द्र संग्रौलाले विद्यालय स्थानीय समुदाय केन्द्रित हुनुपर्छ र समय अनुसारको विद्यार्थीहरुको चाहना, अभिरुची अनुरुप शिक्षा प्रदान गर्न सकेमात्र गुणस्तरीय शिक्षाको सपना साकार हुने बताए।
कार्यक्रमका अर्का विशेष अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले समय गतिशील हुन्छ। हिजो र आजको समय धेरै फरक हुदै गएको छ। विद्यार्थीहरुले आफना अविभावकहरुलाई भार नपर्ने गरि शिक्षा हासिल गर्न सक्नुपर्छ र अविभावकहरुले पनि विद्यार्थीहरुको क्षमता र अभिरुचीलाई विशेष ध्यान दिन आवशयक रहेको बताए।
विद्यालयका सञ्चालक सदस्य मधु सापकोटाले स्वागत मन्तव्य दिदै भने, ‘अविभावकहरुले आफ्ना सन्तानको जिम्मेवारी विश्वासका साथ यस पाठशालाई सुम्पिनुभएको छ, हामीले अविभावकहरुको विश्वासलाई कायम राख्न कुनै पनि कसुर बाँकी राख्नेछैनौ र आगामी दिनमा पनि यो विश्वास कायामै राख्ने छौँ।’
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न लोक गीतमा नृत्य प्रस्तुत गर्दै उपस्थित अतिथि एवं अविभावकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए। तारकेश्वर-८, जरंखु स्थित रहेको रमाईलो पाठशालाले विविध सास्कृतिक कार्यक्रम सहित आफनो दोस्रो वार्षिक उत्सव तथा अविभावक दिवस भव्य रुपले सम्पन्न गरेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
