यस्ता पो मेयर : गाडी किन्ने पैसाले बनाए सडक

मंगलसेन । जनप्रतिधिलाई आफ्नो मात्र सेवा सुविधाका बारेमा चिन्ता र चासो रहेका समाचार आइरहेका बेला अछामका एक नगरपालिकाका प्रमुखले भने जनताको पक्षमा उदाहरणीय काम गरेका छन्।

गाडी खरिदका लागि बिनियोजन गरेको बजेट सडकको स्तरोन्नतीमा खर्च गर्ने निर्णय गरेर कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश बिष्टले सबैको वाहवाही पाएका छन्।

Advertisement

नगर परिषद्ले मेयर उपमेयरको गाडी खरिदका लागि बिनियोजन गरेको ६० लाख बजेट गाडी नकिनेर सडकको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरेको मेयर बिष्टले जानकारी दिए।

मध्यपहाडी लोकमार्गले छोएको गैरीटाँडदेखि कमलबजारसम्मको करिब साढे आठ किलोमिटर सडकलाई दोहोरो गाडी चल्न बनाउनका लागि उक्त बजेट खर्च गरिने बिष्टले बताए।

‘हामीले आफ्नो सुबिधाभन्दा गाउँको विकासका लागि चुनाव जितेका हौँ’ बिष्टले भने, गाडीभन्दा सडक स्तरोन्नती गर्नु पहिलो आवश्यकता ठानेर यस्तो निर्णय गरेको हुँ।

६० लाख बजेटमध्ये ४० लाख सडक चौडा र बाँकी २० लाख अतिआवश्यक ठाउँमा ग्राभेल गर्नका लागि खर्च गरिने मेयर बिष्टले जानकारी दिए। नगरक्षेका मुख्य सडकमा बाह्रै महिना गाडी गुड्न बनाउने पहिलो योजना रहेको बिष्टले बताए।
(अन्नपूर्ण पोस्ट दैनिक)

More News last news
Loading...