एक चौथाइ डाक्टर फेल भए !

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा एक चौथाइ डाक्टर फेल भएका छन्।

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक भएकामा १ हजार २ सय १४ जना मात्र पास भए ।

Advertisement

एमबीबीएस सकेर मुलुकमा चिकित्सा अभ्यास गर्न अनुमति लिन खोजेका ४ सय २४ जना अर्थात २५.८९ प्रतिशत पास हुन सकेनन्। लाइसेन्सिङ परीक्षा फेल भएकाले डाक्टरका रूपमा चिकित्सा अभ्यास गर्न पाउँदैनन्। – कान्तिपुर दैनिकबाट

More News last news
Loading...