काठमाडौँ । नेपाल हेल्थ केयर सोलुसनले थाइराइड क्यान्सर पत्ता लगाउने एम्क्याड भिटी मेसिन नेपालमा भित्र्याएको छ । सो प्रविधिको प्रयोग वीर अस्पतालबाट सुरु गर्ने नेपाल रेडियोलोजिस्ट एसोसिएसनका अध्यक्ष डा. स्वयंप्रकाश पण्डितले बताएका छन्।
‘एम्क्याड-भिटी’ नामक सो अल्ट्रासाउन्ड मेसिनको माध्यमबाट क्यान्सर कुन चरणमा छ भन्ने सहजै पत्ता लाग्ने चिकित्सकहरूले बताएका छन्।
सरकारी अस्पतालबाट सेवा शुभारम्भ गरेको खण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने भएकाले वीर अस्पतालबाट सेवा सुरु गर्न लागिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ।
सो मेसिनमा प्रयोग हुने सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो । पण्डितका अनुसार नयाँ प्रविधिले क्यान्सरको साधारण वा जटिल अवस्था र अन्यत्रबाट क्यान्सर सरे-नसरेको सहजै जानकारी दिनेछ । नेपाल हेल्थ केयर सोलुसनले वीर अस्पताललाई पहिलो चरणमा परीक्षणका लागि दुई सय किट दिने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
